नवलपुरकाे कालीगण्डकी करिडोर खण्डमा राति गाडी चलाउन रोक

काठमाडाैं | भदौ २९, २०८०

नवलपुरकाे कालीगण्डकी करिडोर खण्डमा राति गाडी चलाउन रोक फाइल तस्बिर

नवलपरासी:  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने कालीगण्डकी करिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले करिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो । 

 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो ।

 

नवलपुरमा कालीगण्डकी करिडोर झन्डै ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले गाडी सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

 

ुकरिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छु, उहाँले  भन्नुभयो । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति गाडी सञ्चालन  गरिने उहाँले बताउनुभयो । 

 

निर्माणाधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरमा रहेको कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना गाडी सञ्चालन हुने गर्छन् ।

 

यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत गाडी सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि गाडी सञ्चालन हुने गरेका छन्।

पोखरा:  होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...

थप पढ्नुहोस्

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्